कुरिनटार । इच्छाकामनामा पालिकास्तरीय ज्येष्ठ नागरिक समिति गठन भएको छ। बुधबार गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, उपाध्यक्ष माया सिलवाल तथा वडा अध्यक्षहरूसमेतको उपस्थितिमा १५ सदस्यीय समिति गठन गरिएको हो। समितिको अध्यक्षमा विष्णुप्रसाद सापकोटा, उपाध्यक्षमा हर्ककुमारी गौचन, सचिवमा बलराम सिलवाल, कोषाध्यक्षमा जयलाल श्रेष्ठ र सह–सचिवमा रामप्रसाद त्रिपाठी चयन भएका छन्।
सदस्यहरूमा भने कृष्णबहादुर प्रजा, मानबहादुर प्रजा, रमेश गुरूङ, गोमा घिमिरे, शिवकुमार सापकोटा, मिनबहादुर श्रेष्ठ, कृष्णबहादुर गुरूङ, भरत सिलवाल, डोलकुमारी सिलवाल र चन्द्रबहादुर परियारलाई चयन गरिएको छ।
Facebook Comments


























