काठमाडौं, फागुन ७ । कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिवार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो।
तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो। तामाङले राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका थिए।
राप्रपा महाधिवेशनमा राजेन्द्र लिङदेनसँग थापा पराजित भएका थिए। महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका थिए। तर, लिङदेनले सो विषयमा कुनै चासो नदिएपछि थापाले नयाँ पार्टी गठन गरेका हुन्।
Facebook Comments


























