काठमाडौं, भदौ २६ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो। उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए।
उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन।
Facebook Comments


























