फागुन ७ । ट्विटरले ट्रोल तथा अपमानजनक पोस्ट तथा सामाग्रीमा थप कडाइ गर्ने भएको छ। पछिल्लो समय बढ्दो यस्ता कन्टेन्टलाई मध्यनजर गर्दै कम्पनीले यसको तयारी गरेको हो।
यसका लागि कम्पनीले सेफ्टी मोड फिचरलाई थप प्रभावकारी बनाउन भएको हो। जसमार्फत प्रयोगकर्ताहरूले ट्रोल तथा अरुलाई अपमान गर्ने, गाली गर्ने खालका कन्टेन्ट पोस्ट गर्ने ह्याण्डललाई अस्थायी रुपमा ब्लक गर्न सक्नेछ।
सात दिनसम्म ब्लक गर्ने गरि ल्याउन लागिएको यो फिचर पहिलो चरणमा बेलायत, अमेरिका, आयरल्याण्ड, क्यानडा तथा न्यजिल्याण्डका प्रयोगकर्तामाझ उपलब्ध हुनेछ। भने विस्तारै अन्य देशका प्रयोगकर्तामाझ उपलब्ध हुने जनाइएको छ।
Facebook Comments


























