माघ १५ । अस्ट्रेलियाका वैज्ञानिकहरुले नयाँ कोरोना भाइरसको सिर्जना गरेका छन्। उनीहरु चीन बाहिर नयाँ कोरोना भइरस सिर्जन गर्न सफल भएका हुन्। यसलाई वैज्ञानिकहरुले महत्वपूर्ण ‘ब्रेकथ्रु’ भनेका छन्।
वैज्ञानिकहरुले सिर्जना गरेको नयाँ कोरोना भाइरस विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई उपलब्ध गराउने छन्। यसबाट अहिले महामारिको रुपमा लिएको नोवेल कोरोना भाइरसको उपचार विधि पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चीनका वैज्ञानिकले पनि भाइरस सिर्जना गरेका थिए। उनीहरुले डब्लुएचओलाई भाइरस नै उपलब्ध गराएका थिएनन्, उनीहरुले सो भाइरसको जेनोमी सिक्वेन्स मात्रै दिएका थिए।
चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म १०६ जनाको ज्यान गएको छ। ज्यान गुमाउने सबै चीनकै हुन् र अधिकांश वुहान क्षेत्रकै छन्।
चीनमा नोवेल कोरोना भाइरसका कारण ४५ सयजना भन्दा बढी संक्रमित भएका छन्। चीन बाहिरका १५ देशमा पनि नोवेल कोरोना भाइरसको संक्रमण फैलिएको छ। नेपाल, अमेरिका, फ्रान्स, थाइल्याण्ड, अस्ट्रेलियासहितका देशमा कम्तिमा ४७ जनामा संक्रमण पुष्टि भएको छ।
अस्ट्रेलियाको मेलबर्नमा रहेको विशेषज्ञ प्रयोशालामा बनाइएको नयाँ कोरोना भाइरसमाथि अध्ययन गरेर त्यसबाट बच्ने उपायहरुको खोजी हुनेछ।
संक्रमित बिरामीबाट लिइएको भाइरसबाट अर्को भाइरस बनाइएको हो। गएको शुक्रबार वैज्ञानिकहरुले भाइरसको नमूना पाएका थिए। त्यसपछि उनीहरुले अर्को भाइरस बनाएका हुन्।
वैज्ञानिकले सिर्जना गरेको नयाँ भाइसलाई संक्रमण रोक्ने सामग्रीको रुपमा प्रयोग गरिने डाक्टरहरुले बताएका छन्।