चितवन, फागुन २ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३ सय १९ जना संक्रमित निको भएका छन्। योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ४० हजार ९ सय २ जना पुगेको छ।
यस्तै, सात सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा सात सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अहिले नेपालमा २० हजार सात सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण आठ जनाको ज्यान गएको छ। योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय जना पुगेको छ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार एक सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
Facebook Comments


























