चितवन, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ। चितवनको भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको हो।
सिटी हल निर्माणस्थलमा समाचार संकलनका लागि गएका करिब एक दर्जन पत्रकारलाई गेटमा बसेका सुरक्षाकर्मीले भित्र प्रवेश गर्न नदिई फिर्ता पठाएको पत्रकार राजु चौधरीले जानकारी दिए।
Facebook Comments


























