काठमाडौं, फागुन २ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले आज सोमवार सर्वदलीय बैठक बोलाएकाहुन्।
छलफलमा प्रमुख प्रतिपक्षी दल एमाले भने सहभागी छैन। महाअभियोग प्रस्ताव पारित गर्न चाहिने दुई तिहाइ सांसद सत्ता गठबन्धनसँग छैन। सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्दा गठबन्धनमै आबद्ध जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदको हस्ताक्षर छैन।
प्रमुख प्रतिपक्ष एमालेले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ। महाअभियोगलाई पारित गर्नका लागि सांसद सङ्ख्याको दुई तिहाइ अर्थात् एक सय ८१ सांसदको मत आवश्यक पर्छ।


























