काठमाडौं, फागुन २ । नेकपा एमाले अध्यक्ष केपी शर्मा अोलीले आफूहरुले अहिले आवेशमा निर्णय नलिने बताएका छन्। उनले आवेश र उत्तेजनामा आएर आफूहरुले निर्णय नलिने बताएका हुन्।
सोमबार बानेश्वरमा रहेको संसद भवनमा संंसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले विवेकपूर्ण निर्णय लिने बताएका हुन्।
सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याएपछि एमालेले आकस्मिक रुपमा बैठक बोलाएको थियो। एमालेले पनि यसको काउन्टरमा सर्वोच्चका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको बताइएको छ।
तर, यस विषयमा आफूहरुले सोचेर निर्णय लिने ओलीले बताएका हुन्। ‘लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिन्छौँ,’ ओलीले भनेका छन्।
Facebook Comments


























