फागुन २ । नवगठित राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग वर्तमान राजनीति भित्रको चरम विकृतीको नमूना रहेको टिप्पणी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले प्रधान्यायाधीशविरुद्धको महाभियोग तीन दलको तीन स्वार्थबाट प्रेरित रहेको आरोप लगाएका हुन्। उनले एमसिसी पास गर्ने कांग्रेसको स्वार्थ, सभामुखलाई महाभियोगबाट जोगाउने माओवादी केन्द्रको स्वार्थ र सांसद पद जोगाउने नेकपा (एस) को स्वार्थबाट प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याइएको उल्लेख गरेका हुन।
उनले यसलाई राजनीतिक दलको गैरजिम्मेवारपनको संज्ञासमेत दिएका छन्।
‘प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले MCC पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस) को सासंद पद जोगाउने प्रपंचमा प्रन्या राणा विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको चरम विकृतिको नमुना हो,’ सामाजिक सञ्जालमा थापाले लेखेका छन्।


























