काठमाडौं, फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाअभियोग प्रस्तावपछिको अवस्थाबारे छलफल गर्न सभामुखले आज सर्वदलीय बैठक बोलाएका छन्।
तर, प्रमुख विपक्षी एमाले सहभागी नहुने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए। महाअभियोग प्रस्ताव नै षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले आएकाले त्यस्ता बैठकमा जानुको अर्थ नरहेको उनले बताए।
एमालेले अबको कदमबारे छलफल गर्न आजै संसदीय दलको बैठक बोलाएको छ। एमालेले गैरसांसदलाई पदमुक्त गर्न वा सभामुखले मार्गप्रशस्त गर्न माग गरेर सदन अवरोध गरिरहेको छ।
Facebook Comments


























