काठमाडौँ, फागुन १ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता खारेजी र उक्त पार्टीका १४ सांसदलाई पदमुक्त गराउन माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ।
सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ। रिट निवेदक नेकपा एमालेका अध्यक्ष केपी ओली हुन्। उनले गत १७ भदौमा रिट दायर गरेका हुन्।
९ भदौमा निर्वाचन आयोगले नेपाल नेतृत्वमा दल दर्ता गरेपछि ओली सर्वोच्च पुगेका हुन्। उनले रिटमार्फत् एकीकृत समाजवादी पार्टीको दर्ता खारेजी गर्न माग गरेका छन्। एमालेले कारबाही गरेका सांसदहरूलाई पनि पदमुक्त गर्नुपर्ने उनको माग छ। रिटमा निर्वाचन आयोग विपक्षी रहेको छ।
Facebook Comments


























