काठमाडौं, फागुन १ । सत्तारुढ गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि राजनीतिमा नयाँ तरंग देखिएको छ।
यो महाअभियोग प्रस्तावबारे बाहिर आएपछि यसबारे आफ्नो धारणा राख्न नेकपा एमालेले सोमबार ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ।
‘अप्रत्याशित रुपमा यो महाअभियोगको कुरा आयो,’ नेकपा एमालेका एक सांसदले भने, ‘भोलि हामीले संसदीय दलको बैठक बोलाएका छौँ। त्यसपछि हामीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नेछौँ।’
नेकपा एमालेले केही समयअघि प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाअभियोग लगाउनु पर्ने धारणा राखेको भए पनि यसपटक यसलाई छापामार शैलीमा महाअभियोग लगाइएको भन्दै विरोध जनाएको छ।
Facebook Comments


























