माघ २४ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त भएका छन्। उनी १२ दिनपछि कोरोनामुक्त भएका हुन्।
१२ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पिसीआर रिपोर्ट नेगेटिभ आएको छ। अब सार्वजनिक कार्यक्रममा फर्कनेछु,’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्विट गर्दै जानकारी दिएका छन्।
उनी १२ माघमा दोस्रोपटक कोरोना संक्रमित भएका थिए।
Facebook Comments


























