चितवन, माघ २३ । श्री राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेत चितवनमा अध्ययनरत १ सय ३० जना बिद्यार्थीहरुलाई विद्यालय पोषाक अन्तर्गत जुत्ता तथा मोजा बितरण गरिएको छ।
लायन्स क्लव ३२५ वि टु नेपालका डिस्ट्रिक्ट गभर्र्नर रामप्रसाद भट्टले विद्यालय पोषाक बितरण गरेकाहुन् । कार्यक्रम लायन्स क्लव मंगलपुरले आयोजना गरेको थियो।
भरतपुर महनगर पालिका वडा नं. ५ का वडा सदस्य लायन्स क्लव मंगलपुरका लायन दामोदर सुवेदीको प्रेरणामा लायन्स क्लव मंगलपुरको सहयोगमा सो सामाग्री हस्तान्तरण गरिएको हो। लायन्स क्लव अफ चितवन, मंगलपुरका अध्यक्ष धर्मदत्त दवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना कुमारी श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदमपाणी सुवेदी, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीशरण पौडेल, विद्यालयका प्रध्यानाध्यापक करुणाकर पण्डित, सल्लाहकार हेमरत्न घिमिरे, शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु खनिया, लेखा संयोजक कुमार गिरी लगाएतको उपस्थिति रहेको थियो।
कोभिडबाट सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गरिएको थियो भने बालबालिका हरुलाई आलोपालो गरेर सिफ्ट अनुसार बोलाइएको थियो। शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु खनियाले सम्पुर्ण आगन्तुक तथा दाताहरुलाई स्वागत गरेका थिए।
कार्यक्रममा पोषाक बितरण गर्दै डिस्ट्रिक्ट गभर्र्नर रामप्रसाद भट्टले एक गाउँ एक लायन्स क्लबको अवधारणाले विद्यालय लगायत अन्य क्षेत्रमा निकै सहयोग पुग्ने बताए। कार्यत्रमका अध्यक्ष धर्मदत्त दवाडीले लायन्स क्लव मंगलपुर सदैब सेवामा तल्लीन रहने बताए। वडा नम्बर ५ का अध्यक्ष पदमपाणी सुवेदीले अबका केही वर्षभित्रै सामूदायिक विद्यालयहरुको स्तर निकै माथि पुग्ने बताए। प्रधानाध्यापक करुणाकर पण्डितले दाताहरुप्रति धन्यवाद तथा आभार प्रकट गरे।


























