माघ २१ । इजिप्ट अफ्रीका कप अफ नेसन्स फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार राति भएको खेलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट उपाधि नजिक पुगेको हो। खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।
पेनाल्टी सुटआउटमा इजिप्ट ३-१ ले विजयी भयो। पेनाल्टीमा इजिप्टका अहमेद सायद, मोहमद अब्देलमोनेम र मोहनद लाश्हेनले गोल गरे। क्यामरुनका भिसेन्ट अबुबाकरले गोल गरे। हारोल्ड मोउकोदी, जेम्स सिलिकी र क्लिन्टन एनजीले गोल गर्न सकेनन्।
अब उपाधिका लागि इजिप्टले सेनेगलको सामना गर्नेछ। फाइनल खेल आइतबार हुनेछ।
Facebook Comments


























