झापा, माघ २० । झापाको मेचीनगर नगरपालिका–६, बर्मेली टोलस्थित श्याम खेताङले सञ्चालन गरेको एसएस फुटवेर जुत्ता फ्याक्ट्रीमा आगलागी भएको छ।
आज बिहान करिब ११ बजेर मिनेट ४० मा आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले आगो नियन्त्रणमा आउन बाँकी रहेको जानकारी दिए।
‘‘आगलागी हुनासाथ प्रहरी टोलीले नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। अहिलेसम्म नियन्त्रण हुनसकेको छैन,” उनले भने।
दमकलको सहायतामा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। क्षतिको विवरण आउन बाँकी छ।
Facebook Comments


























