माघ २० । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा अमेरिकाले होन्डुरसलाई हराएको छ।
कोन्काफ छनोटको प्ले अफ अन्तर्गत अमेरिकाले होन्डुरसलाई ३-० गोल अन्तरले हराएको हो। अमेरिकालाई जित दिलाउन वेस्टन म्याककेनी, वाल्कर जिमरम्यान र क्रिस्चियन पुलिसिचले एक एक गोल गरे।
खेलको आठौं मिनेटमा म्याककेनीले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए। ३७ औं मिनेटमा वाल्करले अमेरिकाको अग्रता २-० को बनाए।
त्यसपछि खेलको ६८ औं मिनेटमा पुलिसिचले गोल गर्दै अमेरिकालाई ३-० को जित दिलाए। यस जितसँगै अमेरिकाले ११ खेलमा २१ अंक जोडेको छ।
अमेरिका अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। अमेरिकाको विश्वकपमा पुग्ने सम्भावना कायम छ। होन्डुरस ३ अंक जोडेर पुछारमा रहेको छ।
Facebook Comments


























