माघ २० । सेनेगल अफ्रीका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा बुर्किना फासोलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगल उपाधि नजिक पुगेको हो। सेनेगललाई जित दिलाउन अब्डोउ डियालो, इद्रिसा गुए र साडियो मानेले एक एके गोल गरे। बुर्किनाका ब्लाटी टोरेले एक गोल फर्काए।
खेलको ७० औं मिनेटमा डियालोले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए। ७६ औं मिनेटमा इद्रिसाले गोल गर्दा सेनेगल २-० ले अघि रह्यो। खेलको ८२ औं मिनेटमा बुर्किनाका टोरेले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए। त्यसपछि खेलको ८७ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए।
सेनेगल तेस्रो पटक अफ्रीका कप अफ नेसन्सको फाइनल पुगेको हो। अब सेनेगलले उपाधिका लागि क्यामरुन र इजिप्टबीचको विजेतासँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























