काठमाडौं, असोज १३ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ मा राखिदिएको छ।
पटक/पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा एक नम्बरमा परे पनि ‘हेर्न नमिल्ने’ मा राखिएको हो।
संवैधानिक इजलासका न्यायाधीश कार्कीले न्यायाधीश हुनुअघि विपक्षीको तर्फबाट उक्त मुद्दामा बहस गरेको र आज उनकै इजसालमा मुद्दा परेपछि हेर्न नमिल्नेमा परेको हो।
माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा २०६८ सालमा मुद्दा परेको थियो। अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए।


























