काठमाडौं, माघ १९ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा जारी बैठकमा स्थानीय निर्वाचनको तयारीलगायत विषयमा छलफल भइरहेको छ।
बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विभागको भनाइ छ। साथै, बैठकमा विभाग गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ।
सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेसँगै एमालेले आन्तरिक तयारीका विषयमा छलफल गर्न लागेको हो।
बैठकमा विविध कारणले रोकिएका जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशनको विषयमा पनि छलफल हुने उनको भनाइ छ। एमाले सचिवालयमा पदाधिकारीहरु (१९ जना) सदस्य रहने व्यवस्था छ।
Facebook Comments


























