माघ १६ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त भएकाछन्।
यस्तै, तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्रले जानकारी दिइन्।
उनका अनुसार नौ हजार ९१० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र तीन हजार २३५ एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना छ। पछिल्लो २४ घण्टाको कूल पीपीआर परीक्षण गर्दा ३० दशमलव ८ संक्रमण दर रहेको उनले जानकारी दिइन्।
पछिल्लो चार दिनमा थप ३२ जनाको मृत्यु भएको छ।
Facebook Comments


























