कास्की, माघ १६ । कास्कीको पोखरामा एक किलो सुनसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ का २५ वर्षीय रेशम सुनार रहेका छन्।
पोखरा महानगरपालिका–३०, पावरहाउसचोकबाट गए राति उनलाई पक्राउ गरिएको हो।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा हाइसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त धातुसहित फेला पारी पक्राउ गरेको जनाइएको छ।
Facebook Comments


























