मुम्बई, माघ १३ । बलिउड अभिनेत्री अक्षय कुमारले वर्षको सालाखाला ४ वटा फिल्मसम्म खेल्ने गरेका छन्। आफ्नो ३१ वर्ष लामो फिल्मी करिअर बलिउडमा निर्वाह गरेका यी अभिनेताले यो अबधिसम्म १२३ वटा फिल्ममा काम गरेको बताएका छन्। दर्शकमाझ वर्षमा चार वटा फिल्म दिन सफल यी अभिनेताका कैयौं फिल्महरु छायाँकन सम्पन्न भएर पनि दर्शकमाझ आउन सकेनन्। कैयौं फिल्महरु बिचमै रोकिए। सन २०२३ को अन्त्यसम्म १० वटा फिल्म सक्नको लागि अनुबन्धित भएर बसेका यी अभिनेता अब भने बन्ने र सफल हुने फिल्ममा मात्र काम गर्छु भन्छन्।
अक्षय कुमारले अभिनय गरेको पहिलो फिल्म सौगन्ध सन १९९१को २५ जनवरीमा रिलिज भएको थियो। सो हिसाबले आफ्नो अभिनय करिअरले बलिउडमा ३१ वर्ष पुरा गरेको यी अभिनेताको कथन छ। यो अवधिसम्म आफुले हिउँद वर्षा दिन रात केही नभनी निरन्तर फिल्मलाई मात्र समय दिएको उनको कथन छ। सोही कारण यी अभिनेता बलिउडमा पछिल्लो समय बर्षको सबैभन्दा बढी सफल फिल्म दिने र सबैभन्दा बढी कमाउने नायकको रुपमा पनि उनी परिचित छन्।
अभिनेता अक्षयको यो अवधिमा एक दर्जन भन्दा बढी फिल्महरु छायाँकन भएर पनि सिनेमा हलमा आएनन्। केही फिल्म निर्माताको कारण त केही फिल्म निर्देशक तथा अन्य कारणले बिचमै रोकिए। छायाँकन सकिएर पनि उनको फिल्म रिलिज नभएको घटना पनि छन्।
यी अभिनेताले अभिनय गरेको सन १९९३ को दिब्य भारतीसँगको फिल्म परिणाम, सन १९९७को मनिषा कोईरालासँगको फिल्म जिगरबाज, सोही वर्षकै नम्रता सिरोडकरसँग अक्षयकुमारले खेलेको अर्को फिल्म पुरवकी लैला पश्चिमकी छैला, सन १९९९ को रानी मुखर्जीसँगको फिल्म मुलाकात, सन २००१ को फिल्म खिलाडी भर्सेज खिलाडी, सन २०१० को अक्षयकुमारको लारा दत्तासँगको फिल्म आसमान छायाँकन भएर पनि रिलिज भएनन्।
यस्तै अक्षय कुमारले विधा वालनसँग अभिनय गरेको फिल्म चाँद भाई, यस्तै अक्षय कुमारकै सन २००६ को महिमा चौधरीसँग काम गरेको फिल्म सामना, यस्तै अर्को फिल्म राहगिर, सन २०१६ को उनको अर्को फिल्म ब्रेक पनि डब्बा मै बन्द भयो। निकै ठुलो खर्चमा निर्माण थालिएका यी फिल्महरु छायाँकन बिचमै रोकिएर तथा छायाँकन अन्तिम चरणमा पुगेर पनि हलसम्म आउन सकेनन्। एजेन्सी


























