चितवन, माघ ७ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप ७६६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९१ दशमलब ४ रहेको छ।
यस्तै, १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ६१८ जनाको पीसीआर परीक्षणमा ८ हजार ८१५ र ४ हजार ४७४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ८८८ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























