चितवन, पुस २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जना संक्रमण मुक्त भएका छन्। नेपालमा कोरोना निको हुने प्रतिशत ९७.५ रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, ३०७५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २ हजार ४ सय ४८ र एन्टीजेन परिक्षणबाट ६२७ गरि कुल ३ हजार ७५ जना संक्रमित थपिएको जानकारी दिएको हो।
देशभर अहिले ११३ जना क्वारेन्टाइनमा छन्। त्यस्तै पछिल्लो २४ घण्टामा ९०५१ पिसिआर र ३९८५ नमुना एन्टीजेन परिक्षण गरि कुल १३०३६ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ६९० पुगेका छन्। त्यस्तै आइसीयुमा ८७ जना छन् भने देशभर २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
त्यस्तै संस्थागत आइसोलेसनमा ८८० जना छन् भने होम आइसोलेसनमा १० हजार ८१० जना रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६०९ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ लाख १४ हजार ५७ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।


























