पुस २१ । फरवार्ड रोमेलु लुकाकु चेल्सीको टिममा फर्किएका छन्।
चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले लुकाकु टिममा फर्किएको पुष्टि गरेका छन्। एक अन्तर्वार्तामा चेल्सीमा खुशी नभएको र इन्टर मिलान फर्कन चाहेको अभिव्यक्ति दिएपछि उनी टिम बाहिर रहदै आएका थिए।
तर, माफी मागेपछि उनलाई टिममा सामेल गरिएको प्रशिक्षक टुचेलले जानकारी गराए। टुचेलका अनुसार उनी टिममा अभ्यासमा सहभागी समेत भएका छन्।
उनले सोमबार प्रिमियर लिगमा लिभरपुलविरुद्धको खेल गुमाएका थिए। उनले काराबाओ कप अन्तर्गत टोटेनहमविरुद्धको खेल भने खेल्ने छन्। इन्टरका लागि इटालीको सिरी ए उपाधि जिते लगतै उनी यस सिजनको सुरुमा चेल्सी आएका थिए।
Facebook Comments


























