पुस २१ । इंग्लिस क्लब एभर्टनले डिफेन्डर नाथन पाटर्सनलाई अनुबन्ध गरेको छ।
एभर्टनले स्कटल्याण्डका डिफेन्डरलाई रेन्जर्सबाट अनुबन्ध गरेको हो। २० वर्षीय डिफेन्डरले एभर्टनसँग साढे पाँच वर्षको सम्झौता गरेका छन्।उनले स्कटल्याण्डका लागि ६ खेल खेलिसकेका छन्।
यस अघि एभर्टनले युक्रेनी डिफेन्डर भिटाली म्यकोलेन्कोलाई अनुबन्ध गरेको थियो। एभर्टनले डाइनामो किभबाट डिफेन्डर भिटालीलाई अनुबन्ध गरेको हो। २२ वर्षीय डिफेन्डरले एभर्टनसँग साढे चार वर्षको सम्झौता गरेका थिए।
Facebook Comments


























