पुस १२ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा आज एडिलेट स्ट्राइकर्ससँग प्रतिस्पर्धा गर्दैछ।
होबार्टले घरेलु मैदानमा एडिलेटसँग खेल्नेछ। खेल नेपाली समय अनुसार दिउँसो १२ बजेर ५० मिनटमा सुरु हुनेछ। होबार्टको यो छैटौं खेल हो। होबार्ट १० अंक जोडेर चौथो स्थान्म्मा रहेको छ।
एडिलेट ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ। एडिलेटविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ। सन्दीपले अघिल्ला पाँच खेल खेलिसकेका छन्। सन्दीपले यस सिजन ५ खेलमा २ विकेट लिएका छन्।
Facebook Comments


























