काठमाडौँ, पुस १२ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दशत्र जारी छ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेश भएका छन्। अहिले उक्त प्रतिवेशनमा २० भन्दा बढी समूह बनाएर छलफल शुरू भएको छ।
बन्दसत्र सञ्चालन गर्न ७ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ। अध्यक्षमण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जन छन्। नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका नामलाई हलले अनुमोदन गरेको छ।
छलफलका क्रममा फरक मत आएमा त्यसलाई समेत समेटेर प्रतिवेदन संशोधनसहित पारित गर्ने तयारी माओवादीको छ।
बिहीबारसम्म चल्ने महाधिवेशनले राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।


























