पुस ११ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम रहेको हो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनिचाँदीको सोही मूल्य नै कायम भएको थियो।
Facebook Comments


























