काठमाडौँ, पुस ९ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ।
११ पुसबाट काठमाडौँमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक बिहान साढे ९ बजे पछि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ। माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ।
Facebook Comments


























