सप्तरी, जेठ २२ । सप्तरीको राजबिराज नगरपालिकामा बालिका अपहरण गर्ने क्रममा एक जना पक्राउ परेका छन्।
सप्तरीको राजबिराज नगरपालिका २ मा गत बिहिबार स्थानीय ३८ बर्षिय नविन देवले राजबिराज निवासी मनोज कुमारको (परिबर्तित नाम) १४ बर्षीय छोरी अनिता कुमारी (परिबर्तित नाम) र १६ बर्षिय छोरा आभास कुमारलाई ९परिबर्तित नाम० म तिमीहरुको बुबाको साथी हुँ, मेरो घरमा घरबासको कार्यक्रम छ म तिमीहरुलाई लान्छु, बुबा संग कुरा भै सकेको छ भनी ललाई फकाई गरी नविन देवकै मोटरसाईकलमा अनिता र दाजु आभास लाई मोटरसाईकलपछाडी बसाई केही पर लगी आभासलाई मोटरसाईकलबाट ओराली जबरजस्ती अनितालाई डरत्रासमा पारी अपहरण गरी रुपनी तर्फ लागेका थिए।
अनिताको दाजु आभासले प्रहरीलाई खबर गरे पश्चात तत्काल प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा राजबिराज रुपनी सडक खण्डमा फेला पारी बालिका अनितालाइ प्रहरीले उद्धार गरीएका थिए।
अपहरणकारी नविन देवलाई तत्काल नियन्त्रणमा लिई देव बिरुद्ध अपहरण तथा शरीर बन्धक कसुर अन्तर्गत मुद्धा दायर गरी थप अनुसन्धान कार्य भई रहेकोजिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।


























