काठमाडौं, पुस ४ । सेयर बजार आइतबार बन्द भएको छ।
आज आइतबार (पुस ४ गते) उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो। अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ।
यसअघि बिहीबार नेप्से सूचक ३७.८७ अंकले घटेर २३ सय ७६.४ बिन्दुमा अडिएको छ। जसमा २ अर्ब ३० करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
Facebook Comments


























