पुस ४ । अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड ‘दिलको हरन’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो ए प्लस नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा गायिका मेलिना राई र गायक हरि लिम्बुको स्वर, बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द, गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एरेञ्ज छ।
भिडियोमा नवराज उप्रेतीको छायांकन, सुबोल थापाको कोरियोग्राफी, दिन्सन शाहको सम्पादन र गम्भीर बिस्टको निर्देशन छ।
Facebook Comments


























