पुस २ । साफ-१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज तेस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ। दुई देशबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ।
फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो। नेपालले आफ्नो अन्तिम डिसेम्बर १९ मा भारतसँग खेल्नेछ।
पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइएको छ। शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।
Facebook Comments


























