काठमाडौँ, पुस १ । नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा जितउन्मुख भएका छन्।
३ हजार १२० मत गन्दा थापाले २ सय ३७ मत मत पाएका छन्। दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन्। उनले १ हजार २५५ मत पाएका छन्।
शर्मालाई तेस्रो स्थानमा डा.प्रकाशशरण महतले पच्छ्याइरहेका छन्। उनले १०२४ मत पाएका छन्। चौथो स्थानमा प्रदीप पौडेलले ९३५ मत पाएका छन्।
डा.मिनेन्द्र रिजालको ५४६ मत पाउँदा राजाराम कार्कीले ७५ मत मात्रै ल्याएका छन्।
Facebook Comments


























