मंसिर २३ । अफगानिस्तानले नेदरल्यान्ड्सविरुद्ध तीन एकदिवसिय क्रिकेट सिरिज आयोजना गर्ने भएको छ।
अफगानिस्तानले नेदरल्यान्ड्सविरुद्धको सिरिज कतारको दोहामा जनवरीमा आयोजना गर्ने भएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ। बोर्डका अनुसार पहिलो खेल जनवरी २१, दोस्रो २३ र तेस्रो तथा अन्तिम खेल जनवरी २५ तारिखमा हुनेछ।
तीनवटै खेल एसियन टाउन क्रिकेट एकेडेमी स्टेडियममा हुनेछ। सिरिज एकदिवसिय सुपर लिग अन्तर्गतको हुनेछ जुन सन् २०२३ को विश्वकपको छनोटको रुपमा समेत रहनेछ।
अफगानिस्तानले जनवरी र फेब्रुअरीकोबीचमा जिम्बावेविरुद्धको सिरिज समेत खेल्ने तालिका रहेको छ। सन् २०२३ सम्म अफगानिस्तानले अष्ट्रेलिया र पाकिस्तानविरुद्धको सिरिज आयोजना गर्नेछ भने भारत, बंगलादेश र श्रीलंकाको भ्रमण गर्नेछ।
Facebook Comments


























