पूर्वी नवलपरासी, मंसिर २३ । दाङबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रुवाहक बस नवलपरासीको गैंडाकोटस्थित जयश्री पुल नजिकै पल्टिँदा १५ जना घाइते भएका छन्।
बिहीबार बिहान ना ७ ख ४०३८ नम्बरको बस गैंडाकोट नगरपालिका ७ जयश्री पुल नजिकै दुर्घटनामा परेको हो। घाइते सबैको पुरानो मेडिकल कजेजमा उपचार भइहरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार बस अनियन्त्रित भई सडकबाट अन्दाजी २८ फिट तल पल्टिएको थियो। दुर्घटनामा परी पूर्वी नवलपरासीको गैंडाकोटकी ४ वर्षीया बालिका पार्वती उपाध्याय, गैंडाकोटकै दयाराम शर्मा, प्रदीप तिवारी, काठमाडौं सीतापाइलाका प्रकाश घिमिरे, दाङका लिला कुमाल लगायत घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। दुर्घटनापछि बस चालक भने फरार छन्।


























