काठमाडौं, मंसिर १९ । वाई–वाई यु–१९ पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल लुम्बिनी प्रदेश र सुदुरपशिचम प्रदेशबीच टियु क्रिकेट मैदानमा जारी छ।
प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले सुदुरपश्चिमलाई २ सय १३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा अलआउट हुदै २ सय १२ रन जोड्यो।
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान गरे। देवले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे। विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे।
सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे। शेर मल्ल र हेमन्त धामीले समान दुई–दुई विकेट चट्काए। नरेन साउद र राहुल भण्डारीले एक–एक विकेट लिए।
Facebook Comments


























