मंसिर १९ । एक्सपोज नेपालले आयोजना गर्दै आएको पुरुष सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल’ को नयाँ संस्करण आयोजना हुने भएको छ। यसपटक यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले गर्दैछ। आयोजक नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल २०२२’ का लागि आवेदनसमेत खुल्ला गरेको छ।
नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तीमा १८ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ। प्रतियोगिताको अडिसन आगामी माघको दोस्रो सातादेखि सुरु हुँदैछ। यो वर्षबाट आयोजकले बिभिन्न जिल्लामा आयोजना हुने स्थानीय सौन्दर्य प्रतियोगिताका विजेतालाई समेत सहभागीको अवसर प्रदान गर्ने भएको छ।
‘मिष्टर वर्ल्ड’ मा नेपालको सहभागीता अझ दर्विलो बनाउन र प्रतियोगीतालाई थप उचाइ दिने उद्देश्यका साथ आफ्नो संस्था ‘मिष्टर नेपाल’ मा जोडिएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए। प्रतियोगीताको शिर्ष विजेताले ‘मिष्टर वर्ल्ड २०२२’ मा सहभागिताको अवसरको अलवा बिभिन्न उपहार समेत हात पार्नेछन्।


























