काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आइरहेको छ।
निर्वाचन समितिका अनुसार कुल २९६४ मत गणना गर्दा अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनले १३७१ र कमल थापाले १२५४ मत पाएका छन्। त्यस्तै ३३९ मत बदर भएको छ।
राप्रपाको मतदान शनिबार मध्याह्न १२ बजेदेखि सुरु भएको मतदान राति करिब सवा ११ बजे सकिएको थियो। कुल चार हजार ४६९ मतदाता रहेकोमा विद्युतीय भोटिङ मेसिनले तीन हजार ८७३ मत खसेको देखाएको निर्वाचन समितिले जनाएको छ।
Facebook Comments


























