काठमाडौं, मंसिर १९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। ब्रिगेड र आर्मीबीचको खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ। आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन्।
बलियो टिम आर्मीविरुद्ध मैदान उत्रदा ब्रिगेड दोस्रो जितको खोजीमा हुनेछ। ब्रिगेड दुई खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ। ब्रिगेडले पहिलो खेलमा एपीएफलाई ३-२ गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा ब्रिगेडले एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो।
आर्मी भने पहिलो जितको खोजीमा रहेको छ। अघिल्ला दुई खेलमा आर्मीले जित निकाल्न सकेको छैन। आर्मी दुई खेलमा २ अंक जोडेर नवौं स्थानमा रहेको छ। आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो।
तर, दोस्रो खेलमा आर्मीले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो।


























