काठमाडौं, मंसिर १६ । समयमा नभएपछि नेपाली कांग्रेसले १६ वटा जिल्लाको अधिवेशन स्थगित गरेको छ। प्रदेश तहको अधिवेशनमा लाग्नुपर्ने भएपछि निर्वाचन समितिले सूचना जारी गर्दै बुधबारसम्म भएर बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित भएको जनाएको छ।
‘नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकको निर्णय अनुसार नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीको आगामी १४ औं महाधिवेशन पश्चात केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिका अनुसार स्थगित गरिएका जिल्लाको जिल्ला अधिवेशन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यसै विज्ञप्तिमार्फत सूचित गरिन्छ।’
कांग्रेसमा प्रदेश २८ जिल्लासहितका १६ जिल्लाको अधिवेशन गर्न बाँकी छ।


























