मंसिर १५ । च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीचको खेल बन्द रंगशालामा आयोजना हुने भएको छ।
कोरोना भाईरसको महामारीको कारण बायर्न र बार्सिलोनाबीचको खेल दर्शक बिना हुने भएको हो। बायर्न र बार्सिलोनाबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा डिसेम्बर ९ मा हुनेछ।
जर्मनीमा कोरोना भाईरसको महामारीको संक्रमण बढ्दै गएपछि जर्मन सरकारले खेल दर्शक बिना गराउने तय गरेको हो। बायर्न र बार्सिलोना समूह ‘ई’ मा रहेको छ।
बायर्न नकआउट चरणमा प्रवेश गरिसकेको छ। बार्सिलोनाका लागि भने यस खेल महत्वपूर्ण रहेको छ।
Facebook Comments


























