चितवन, मंसिर ११ । नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु हुने भएको छ। तर, बन्दसत्र भने तोकिएको समयमा सुरु हुन सकेको छैन्। बन्दसत्र विहान साढे ८ बजेलाई तय भएको थियो।
तर, अध्यक्ष केपी शर्मा ओली र भीम रावल दुवै जना आफूनिकट नेताहरुसँग परामर्शमा जुटेको कारण बन्दसत्र अझै सुरु हुन नसकेको नेताहरुको भनाई छ। एमालेको महाधिवेशनअघिको अन्तिम केन्द्रीय कमिटीको बैठकले पदाधिकारीमा सर्वसम्मत् नेतृत्व चयन गर्नको लागि केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मको संख्या थप्ने निर्णय गरेको छ। यसको लागि केन्द्रीय कमिटीले विधान पनि संशोधन गर्ने निर्णय गरिसकेको छ।
यो विधान संशोधनसँगै एमालेमा अब सर्वसम्मत् रुपमा नेतृत्व चयन हुने आँकलन गरिएको छ। नेताहरुले पनि त्यहीखालको प्रतिक्रिया दिईरहेका छन्। तर, भीम रावलले भने आफू अध्यक्षको उम्मेद्धवारबाट कुनैपनि हालतमा ब्याक नहुने प्रतिक्रिया दिईसकेका छन्। अब एमाले नेतृत्वको लागि निर्वाचन भयो भने भीम रावलकै कारण हुने सम्भावना बढेको छ।


























