मंसिर ९ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया नेपालले दोस्रो जित निकालेको छ। दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो।
कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवतले एक विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन्। कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा अल आउट हुदै जम्मा २७ रन जोडेको थियो। कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन।
नेपालले यसअघि भुटानलाई ८ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा हङकङसँग हारेको थियो।
Facebook Comments


























