मंसिर ८ । म्यानचेस्टर युनाइटेडले मंगलबार राति यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। भिल्लारियलको घरेलु मैदानमा सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियलमाथि २–० को जित निकाल्दै युनाइटेड अघिल्लो चरणमा पुगेको हो।
क्रिस्टियानो रोनाल्डोले समय सकिन १२ मिनेट बाँकी रहँदा करियरको सात सय ९९औं सिनियर गोल गरेपछि अवे मैदानमा अग्रता लिएको युनाइटेडका लागि जाडोन सान्चोले अन्तिम मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए।
समूह चरणको एक खेल बाँकी छँदै समूह ‘एफ’ बाट युनाइटेड अन्तिम १६ मा पुगेको हो। जितसँगै युनाइटेडको ५ खेलबाट १० अंक भएको छ। पराजित भिल्लारियल ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एटलान्टाको ६ तथा योङ ब्वाइजको ४ अंक छ।
समूह ‘एफ’ को अर्को खेलमा योङ ब्वाइज र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
Facebook Comments


























