काठमाडौँ, २० भदौ। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओलीलाई उस्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
भदौ ५ गते स्वास्थ्य उपचारको लागि दोस्रो पटक सिंगापुर पुगेका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन्।