लमजुङ, चैत्र १४ । पश्चिम लमजुङको मध्यनेपाल नगरपालिकाले पालिकाभित्र ज्याला मजदुरी गर्दै आएका श्रमीकहरुलाई ‘लकडाउन’ भएको अवस्थामा अलपत्र पर्नुपर्ने अवस्था आएमा खाना र बासको व्यवस्थापन गर्ने निर्णय गरेको छ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको अवस्थामा दैनिक ज्यालादारीमा श्रम गर्दै आएका श्रमिकहरुलाई लक्षित गरी यो निर्णय गरेको हो।
लकडाउनका बेला श्रम गर्न नपाएका श्रमिकहरुको दैनिक छाक टार्न मुस्किल हुने अवस्था आएपछि नगरपालिकाले सो निर्णय गरेको मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले जानकारी दिए। कोरोनाको संक्रमण भन्दा पनि गासबासको अभावमा जिवन जिउन कठिन भएका नागरिकहरुलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको नगरप्रमुख पाण्डेको भनाई छ।
Facebook Comments


























